समयको गतिसँगै धेरै कुरा फेरिएछन्। २०८२ बैशाख ८ गते सोमबारको दिन, धेरै समयपछि आफ्नो जन्मथलो धादिङ्गको मैदि कुँदवार पुग्दा मन भावुक भयो। जहाँ मेरो बाल्यकाल बित्यो, आज त्यही घरको दैलोमा आमा र सानो भाइसँग उभिँदा पुराना यादहरू झल्झल्ती आए। घरको अवस्था फेरिए पनि आमाको ममता र गाउँको माटोको सुगन्ध अझै उस्तै छ।












